देशलाई सबैभन्दा माथि राखेर काम गर्छुः उम्मेदवार बराल

पाेखरा | कात्तिक २७, २०७९

देशलाई सबैभन्दा माथि राखेर काम गर्छुः उम्मेदवार बराल

पोखराः  कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश सबैभन्दा माथि भएको बताउनु भएको छ ।

 

देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्बारी भएको उहाँको भनाइ छ । उहाँले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गर्नुभयो । 

 

गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पु¥याउनका लागि  मात्र नभएको स्पष्ट पार्दै उहाँले देश बचाउन र उपलब्धिको रक्षाका लागि गठबन्धन भएको उल्लेख गर्नुभयो । 

 

पोखरा २७ मा आइतबार घरदैलो र मतदाता भेटघाट गर्दै पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार समेत रहनु भएका बरालले जनतालाई झुटो नबोलि सत्यसत्य कुरा गर्ने बताउनुभयो । ‘जथाभावि बोलेर हिड्दिन, भोलिपनि तपाईहरुसँग भेटिनुपर्छ, उहाँले भन्नुभयो– गर्न सक्ने र पूरा गर्ने कुरा मात्र गर्छु, मलाई विश्वास गरिदिनुहोस् ।’

 

उहाँले विकास निर्माण समाजको आवश्यकता र प्राथमिकताका अधारमा हुने उल्लेख गर्नुभयो । ‘धेरै आवश्यकता छन् , एकैपटक सबै आवश्यकता पूरा गर्न सकिदैन, उहाँले भन्नुभयो –  तपाईहरुले नै जुन काम पहिले गर्नुपर्छ भन्नुहुन्छ, त्यहि गर्छु ।’

 

उहाँले शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिनुभएको छ । उम्मेद्बार बराल सोमबार पोखरा १४ मा मतदाता भेटघाट र घरदैलो गर्नु हुनेछ । 
   


 

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

थप पढ्नुहोस्

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्