देशलाई सबैभन्दा माथि राखेर काम गर्छुः उम्मेदवार बराल

पाेखरा | कात्तिक २७, २०७९

देशलाई सबैभन्दा माथि राखेर काम गर्छुः उम्मेदवार बराल

पोखराः  कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश सबैभन्दा माथि भएको बताउनु भएको छ ।

 

देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्बारी भएको उहाँको भनाइ छ । उहाँले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गर्नुभयो । 

 

गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पु¥याउनका लागि  मात्र नभएको स्पष्ट पार्दै उहाँले देश बचाउन र उपलब्धिको रक्षाका लागि गठबन्धन भएको उल्लेख गर्नुभयो । 

 

पोखरा २७ मा आइतबार घरदैलो र मतदाता भेटघाट गर्दै पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार समेत रहनु भएका बरालले जनतालाई झुटो नबोलि सत्यसत्य कुरा गर्ने बताउनुभयो । ‘जथाभावि बोलेर हिड्दिन, भोलिपनि तपाईहरुसँग भेटिनुपर्छ, उहाँले भन्नुभयो– गर्न सक्ने र पूरा गर्ने कुरा मात्र गर्छु, मलाई विश्वास गरिदिनुहोस् ।’

 

उहाँले विकास निर्माण समाजको आवश्यकता र प्राथमिकताका अधारमा हुने उल्लेख गर्नुभयो । ‘धेरै आवश्यकता छन् , एकैपटक सबै आवश्यकता पूरा गर्न सकिदैन, उहाँले भन्नुभयो –  तपाईहरुले नै जुन काम पहिले गर्नुपर्छ भन्नुहुन्छ, त्यहि गर्छु ।’

 

उहाँले शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिनुभएको छ । उम्मेद्बार बराल सोमबार पोखरा १४ मा मतदाता भेटघाट र घरदैलो गर्नु हुनेछ । 
   


 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्